बढ्यो कोरोनाको जोखिम, ६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन आग्रह

बढ्यो कोरोनाको जोखिम, ६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।

नेपालमा आइतबार २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ।  यस्तै, आइतबार  १११ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ६ सय ३ जना निको भएका छन्।

कोरोनाको कारण ५८ जनाको निधन भैसकेको छ ।