शनिबार थपिए २४६ जना संक्रमित, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

शनिबार थपिए २४६ जना संक्रमित, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं । नेपालमा आइतबार २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।  

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ।  यस्तै, आइतबार  १११ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ६ सय ३ जना निको भएका छन्।

कोरोनाको कारण ५७ जनाको निधन भैसकेको छ ।