ओली–प्रचण्ड छलफल सकियो, यसरी हुँदैछ सहमतिको प्रयास

ओली–प्रचण्ड छलफल सकियो, यसरी हुँदैछ सहमतिको प्रयास

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ। प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान १० बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै चार घण्टा छलफल भएको हो।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पोडेल पनि सहभागी रहेका थिए । ओली र  प्रचण्डबीच आजको वार्ता सकारात्मक रहेको बताईएको छ । ओली र प्रचण्ड पार्टीभित्रको विवाद समाधान गर्न बृहत सहमतिको प्रयास गर्नेमा सहमत भएका छन् । 

यता प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब धर्ति हल्लिने गरि सम्झौता आउने बताएका छन् । उनले अहिले ओलीले बोलाएर भन्दा पनि प्रचण्डले समय मागेर ओलीलाई भेटेको बताए। हालसम्म कुनै विषयमा सम्झता नै भइनसकेको भएपनि विभिन्न विषयमा छलफल भइरहेको उनले बताए। 

स्रोतका अनुसार ओलीलाई सर्वोच्च नेता  बनाउने र त्यसबापत ओलीले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी नदिने गरी सहमति गर्ने प्रयास भएको छ । साथै ओली नै आगामी निर्वाचनसम्म प्रधानमन्त्री रहने र प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार थप गर्ने गरि सहमति को प्रयास भैरहेको छ ।