नेपाल आयल निगमले गएराति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा डेढ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
यससँगै पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य अब ९० रुपैयाँ तिर्नुपर्नेछ ।
हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरिएको छैन।
हेर्नुहोस्, विज्ञप्ति :