काठमाडौं । नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै, शनिबार ९३ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन्।
कोरोनाको कारण ५६ जनाको निधन भैसकेको छ ।