काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका गतिविधिले सर्वत्र चिन्ता पैदा गरेको बताएका छन्। पार्टीभित्रका बहस स्वस्थ हुन नसक्दा चिन्ता पैदा भएको उनको भनाई छ। कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीभित्रको बहसले एकतालाई थप मजबुत र सुदृढ बनाउने बताए।
अध्यक्ष प्रचण्डले पार्टीमा पदका लागि नभएर विधि र पद्धतिका लागि बहस भइरहेको बताए। उनले भने, 'पार्टी एकता भएको तीन वर्ष पुग्दा नपुग्दै यो पार्टी एकताबद्ध भई राख्ला या राख्दैन, के हुन्छ यो पार्टीको भविष्यरु भन्ने प्रश्न हामी सबैको मनमा उब्जेको छ।' अध्यक्ष प्रचण्डले पार्टी एकता भएदेखि नै यो टुटोस् भनेर सराप्न थालेको बताए। उनले कम्युनिस्टसँग जनताको धेरै नै भरोसा गरेको बताएका छन्। उनले जनता र कार्यकर्ताका कारण सबै षडयन्त्र छिचोल्दै आएको बताए।
उनले पदका लागि विवाद भइरहेको भन्ने भ्रममा नपर्न आग्रह गरे। उनले पदको लागि झिनाझम्टी नभएर पार्टीको विधि र पद्धतिका बारेमा बहस भएको उल्लेख गरे। उनले अहिले पनि यही विषयमा छलफल भइरहेको बताए। पार्टीभित्र अस्वस्थ बहस भएकै कारण नकारात्मक प्रभाव पर्दै गएको प्रचण्डको भनाइ छ। एकताको बेला पनि आफूले पदलाई प्रथमिकतामा नराखेको उनको भनाइ छ।