काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।
सभामुखसहित अन्य ३० जनाको रिपोर्ट आजै साँझ आउने बताइएको छ ।