काठमाडाैं । पछिल्लो २४ घण्टायता काठमाडौंका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुर र ललितपुका २–२ जना समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ । निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ। पछिल्लो २४ घण्टायता ३ जनाको कोरोना संक्रमणबाट निधन भएको पुष्टि भएको छ ।