सिड्नी । कोभिड-१९ बाट केही हदसम्म अघि बढ्न सफल भएको अस्ट्रेलियाले आफ्नो अर्थतन्त्र उकास्नको लागि बिभिन्न नयाँ उपायहरु लागू गर्दै अगाडी बढिरहेको छ । यहिँ सेरोफेरोमा आज मोरिसन सरकारको शिक्षा मन्त्रीले प्रेस विज्ञप्ति निकाल्दै ५ वटा नयाँ विद्यार्थी भिसा व्यवस्थाको नियमहरु प्रस्तुत गरेका छन् । नयाँ नियम अनुसार अन्तराष्ट्रिय विद्यार्थी जो अस्ट्रेलिया पढ्न चाहन्छन उनीहरुलाई बिभिन्न विषयबाट सहयोग दिने जनाइएको छ।
अष्ट्रेलियामा अध्ययन गर्ने वा गर्न चाहने विद्यार्थीहरु कोरोना भाइरसका कारणले मर्कामा नपरुन र अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि एउटा छनौटको गन्तब्य बनिरहोस् भन्ने अभिप्रायले सरकारले विद्यार्थीहरुका पक्षमा भिषा सम्बन्धि निम्न व्यवस्थाहरु गरेको छ:
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अष्ट्रेलियाको अर्थव्यवस्थाका लागि प्रत्यक्ष ४० बिलियन डलर योगदान गर्दछन् ।