मौद्रिक नीति सार्वजनिक, सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

मौद्रिक नीति सार्वजनिक, सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए । 

सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ । 

यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।  अधिकारीले बैंक तथा वित्तीय संस्था मर्जरमा गए सिआरआर आधा प्रतिशत बिन्दु छुट दिने बताएका हुन्। वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटाइने भएको छ। 

संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढी उठाउन पाइने छुट दिइनेछ। त्यसैगरी बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ समय नलाग्ने सुविधा पनि दिइनेछ।