शिक्षा मन्त्रालयबाट जारी हुने बैदेशिक अध्ययन अनुमति पत्रको आवेदन  अब  अनलाईनमार्फत

शिक्षा मन्त्रालयबाट जारी हुने बैदेशिक अध्ययन अनुमति पत्रको आवेदन  अब  अनलाईनमार्फत

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी हुने बैैदेशिक अध्ययन अनुमति पत्रको लागि अनलाईनमार्फत आवेदन दिन सकिने भएको छ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अनलाईनमार्फत आवेदन लिने व्यवस्थाको बुधबार शुभारम्भ गरेका हुन् । 

यससँगै विद्यार्थीले बैदेशिक अध्यापन अनुमति पत्रको आवेदन www.noc.moest.gov.np मार्फत भर्न सक्नेछन् । साथै विद्यार्थीले अनलाईनमार्फत नै आवेदन स्वीकृत भए नभएको जानकारी प्राप्त गर्न सक्नेछन् । 

आवेदन स्वीकृत भएपछि विद्यार्थीले राजश्व भूक्तानी गर्नुपर्नेछ । राजश्व भूक्तानीपश्चात विदार्थीलाई इमेलमार्फत बैैदेशिक अध्ययन अनुमति पत्र लिन आउने मिति जानकारी गराइने  मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।