राष्ट्रपति भण्डारीलाई भेटेर प्रचण्ड गरे यस्तो आग्रह

राष्ट्रपति भण्डारीलाई भेटेर प्रचण्ड गरे यस्तो आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेपछि राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए । 

भेटमा प्रचण्डले पार्टीको एउटा खेमामा नलागी अभिभावकिय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेको बताइएको छ । जवाफमा राष्ट्रपति भण्डारीले सबै मिलेर अघि बढ्न सुझाएकी थिइन् ।

राष्ट्रपति  भण्डारीलाई भेटेर प्रचण्ड बालुवाटार फर्किएका छन् । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। बालुवाटारमा स्थायी कमिटी बैठक रोकेर प्रचण्ड शितल निवास गएका थिए। आजको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् । 

सरकार र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामाको माग चर्किएपछि दबाबमा परेका ओलीले संसद् अधिवेशन अन्त्यपछि ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको आशंका बढेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।