काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा २ बजेअघि नै पठाएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
नेकपाका सचिवालय सदस्यहरूले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् दल फुटाउने कानुन ल्याउने तयारी गरिरहेको आरोप लगाएका छन् ।
ओलीले पार्टीमा छलफलै नगरी बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि स्थायी कमिटी बैठकको अध्यक्षता गरिरहेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल बैठक रोकेर ओलीसँग वार्तामा बसेका छन् ।