आज दिनभर पानी पर्ने

आज दिनभर पानी पर्ने

काठमाडौं । आइतबार विभिन्न स्थानमा ठूलाे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहान पनि देशभरका केही स्थानमा वर्षा भई नै रहेको छ भने दिउँसो धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा ठूलो पानी (भारी वर्षा) पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए।

अझै तीन दिन वर्षा रोकिने छैन। मंगलबारसम्मै देशभर हल्कादेखि भारीसम्म वर्षा जारी रहनेछ।