वर्षाको पानीले चल्नसक्छ सहरी जीवन

वर्षाको पानीले चल्नसक्छ सहरी जीवन

काठमाडौं । मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पुर्याउनुभएको छ ? अनि घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ ।

वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको छ । यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् ।

विशेष गरी सहरी क्षेत्रमा पानीको सधैँ हाहाकार हुन्छ । यस्तो अवस्थामा आकाशे पानी सङ्कलन गरी पानीको अभाव टार्ने उपाय हो भन्छन्, गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य ।

राजधानीका बासिन्दाले मेलम्चीको पानी चलाउने सपना देखेको करिब दुई दशकभन्दा बढी भयो । त्यो सपना अझै धकेलिने स्थिति छ । यस्तो बेलामा आकाशे पानी सङ्कलन र पुनर्भरण कार्यलाई विशेष जोड दिन सके पानीको अभाव आफ्नै सुझबुझले हटाउन सकिने उनको दाबी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छिन् ।