आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले अहिलेसम्म नेपालमा २ हजार ६ सय ९८ जना संक्रमित उपचारपछि निको भएको जानकारी दिए । 

आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, झापाका एकजना पुरुष रसुनसरीका ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ महिला र १० जना पुरुष, महोत्तरीका ४ जना पुरुष, सिराहाका एक महिला र ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, बैतडीका ५ महिला र २० पुरुष, बझाङका ३ महिला र ६ जना पुरुष, बाजुराका १० जना महिला र १७ जना पुरुष, बाराका २ जना पुरुष, दार्चुलाका ३ जना पुरुष, डोटीका १७ जना महिला र २९ जना पुरुष, गोरखाका ५ जना पुरुष, कैलालीका ८ जना महिला २२ जना पुरुष, कंचनपुरका ८ जना महिला र ३४ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ८ जना पुरुष, रौतहटका २ जना महिला र ४४ जना पुरुष र सल्यानका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, नुवाकोटका एकजना पुरुष र काठमाडौंका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ महिाल र १० जना पुरुष, कैलालीका एकजना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा गुल्मीका ४ महिला र ८ जना पुरुष, कपिलवस्तुका २ जना महिला र ६ जना पुरुष, रौतहटका एकजना महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एनना महिला र एकजना पुरुष, लमजुङका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र एकजना पुरुष, गुल्मीका २ महिला र ११ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ३ जना पुरुष, पाल्पाका एकजना महिला र ७५ पुरुष, नवलपरासीका एकजना पुरुष, रुपन्देहीका ४ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १४ जना महिला र ६१ जना पुरुष र प्युठानका २० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना पुरुष,जाजरकोटका २ जना पुरुष, मुगुका एकजना पुरुष, सल्यानका ३ जना पुरुष,  सुर्खेतका ८ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना जुम्लाका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरस संक्रमण  निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २६९८ पुगेको छ । नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।