काठमाडौंमा भेटिए ३ संक्रमित, कहाँ छन् काठमाडौंका ४९ संक्रमित ?

काठमाडौंमा भेटिए ३ संक्रमित, कहाँ छन् काठमाडौंका ४९ संक्रमित ?

काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् । यससँगै काठमाडौंमा संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमितमध्ये २२ जना उपचारपछि निको भएका छन् । 

काठमाडौं उपत्यकामा रहेका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।