काठमाडाैं । पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ६२९ संक्रमितमध्ये ५१९ जना पुरुष र ११० जना महिला रहेका छन् ।
१७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय २९ संक्रमित भेटिएका हुन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १०, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सुनसरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापाका १ र मोरङका १ जनामा कोरोना भेटिएको छ। गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६, प्रादेशिक जनस्वास्थ्य प्रादेशिक जनकपुरमा धनुषाका २०, महोत्तरीका १२ र सर्लाहीका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका ४, बाजुराका ७, डोटीका ४९, कैलालीका ४८, कञ्चनपुरका ८५, पर्वतका २, रौतहटका ४४ र सर्लाहीका २०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा धादिङका २ र काठमाडौंका १ जनामा कोरोना पाइएको छ।
भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, तनहुँका १ र नवलपरासी पूर्वका ३, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा नवलपरासी पूर्वका २ र पाल्पाका १४, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, वीर अस्पताल काठमाडौं प्रयोगशालामा अछामका १३ जनामा कोरोना पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका २ र कास्कीका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ९, गोरखाका १, कास्की र लमजुङका ५-५, पर्वतका १ र स्याङजाका ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ५, कपिलवस्तुका १, पाल्पाका १ र रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका ९ र बर्दियाका १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ७६ र प्यूठानका १०, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४ र कालीकोटका १, सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा कैलालीका १ सय ३, बाजुराका १ र कञ्चनपुरका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
आज ११४ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ । संक्रमितमध्ये २४ जनाको निधन भैसकेको छ ।