दु:खद् खवर, कोरोना संक्रमितलाई जीवनभर स्वास्थ्य समस्या हुने खुलासा

दु:खद् खवर, कोरोना संक्रमितलाई जीवनभर स्वास्थ्य समस्या हुने खुलासा

काठमाडाैं । यतिवेला सिंगो विश्व नै कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपालमा आज मात्र ६२९ जना कोरोना संक्रमित फेला परे । १० हजार सात सय २८ भन्दा धेरै संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ । यहीबीचमा कोरोना भाइरसबारे नयाँ तथ्य सार्वजनिक भएको छ ।

बेलायती अनुसन्धानकर्ताहरुले एक पटक कोरोना पोजेटिभ भएका मानिसमा जीवनभर स्वास्थ्य समस्या देखिने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुले एकतिहाई कोरोना पोजेटिभको फोक्सो लामो समयका लागि खराब हुन्छ । उनीहरुलाई जीवनभर थकाई लाग्ने, स्वासप्रस्वास सम्बन्धि समस्या हुने दावी गरिएको छ ।

यस्तै आईसीयूमा उपचार गरिएका कोरोना भाइरस विरामीको मष्तिस्कमा समेत नराम्रो असर पर्ने अनुसन्धानकर्ताहरुको दाबी छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पोजेटिभ भएका मानिसहरुलाई भविस्यमा अलजाइमरको समस्या पनि हुन सक्नेछ