बजारमा मधुमेह, उच्च रक्तचाप, दमको औषधि अभाव

बजारमा मधुमेह, उच्च रक्तचाप, दमको औषधि अभाव

काठमाडौं । औषधि व्यवस्था विभागले आयातकर्तालाई आईसीयूमा आवश्यक पर्ने दम, उच्च रक्तचाप, मधुमेह आदि रोगका जीवनदायी औषधिहरूको आयात, आपूर्ति र भण्डारवृद्धि गर्न निर्देशन दिएको छ । आईसीयूमा कोभिड-१९ का बिरामी बढेसँगै जीवनदायी औषधि एवं दीर्घकालीन रोगहरूको उपचार गर्न आवश्यक औषधिका लागि राष्ट्रिय औषधि नियामकबाट यस्तो निर्देशन आएको हो ।

लामो समयसम्म लकडाउन र सार्वजनिक यातायातमा अवरोधका कारण विशेष गरी भारतबाट आयात गरिएको जीवनदायी औषधीहरूको आपूर्ति प्रभावित भएको छ । विभागले अधिकारीहरुलाई भन्सारमा कुनै बाधा नपारीकन महत्त्वपूर्ण औषधि र स्वास्थ्यसेवा आपूर्ति ल्याउन सहयोग गर्न पनि निर्देशन दिएको छ।

'हामीले आयातकर्ता, आपूर्तिकर्ता र थोक बिक्रेताहरूलाई अभावमा आपूर्ति गरिरहेका थोरै औषधिहरूको आपूर्ति र बढावा दिन निर्देशन दिएका छौं,' औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन्, 'हामीले हरेक हप्ता ती औषधिहरूको स्टकको अद्यावधिक लिइरहेका छौं ।'

केही आयातकर्ता र उत्पादनहरुको रजिष्ट्रेसन र नवीकरण सम्बन्धी विषयवस्तुहरुलाई क्रमशः समाधान गरिरहेकाले मुलुकमा आवश्यक पर्ने औषधिको अभाव हुनबाट बचाउने ढकाल बताउँछन् । दम, अस्थमाका बिरामी, डायलिसिस र आईसीयूमा प्रयोग हुने औषधिको बजारमा अभाव छ ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार केही जिल्लामा हेपेरिनजस्ता औषधि, नसासम्बन्धी औषधि, सूजनको उपचार गर्न प्रयोग गरिने एट्रोपिन इन्जेक्सन, गम्भीर एलर्जीको उपचार गर्न प्रयोग हुने एड्रेनालाइन इन्जेक्सन र अन्य इन्जेक्सन सीमित मात्रामा मात्र उपलब्ध छन् । 'कोभिड-१९ मा गम्भीर हेरचाहको खाँचो परेको गम्भीर परिस्थितिमा हामीलाई त्यस्ता थप औषधिहरू चाहिन्छ,' केसी भन्छन् । 

छिमेकी देशको कोभिड-१९ को द्रुत बृद्धि र सीमाको दुवैपट्टि लामो समयसम्म लकडाउन र यात्रा प्रतिबन्धका कारण औषधिहरूको आपूर्ति विशेष रूपमा भारतबाट आयात गरिएको हो । भारत सरकारले यो कोभिड-१९ का बिरामीको उपचारमा आवश्यक पर्ने केही औषधिहको निर्यातमा रोक लगाएको थियो । तर प्रतिबन्धहरू पछि हटाएको छ ।
विभागका अनुसार बिरामीले प्रयोग गर्ने औषधिको विकल्प बजारमा उपलब्ध छ तर प्रयोग गरिरहेको ब्रान्ड नपाएको बिरामीहरूको गुनासो छ । मनसूनसँगै विभागले पानीबाट हुने रोगहरू जस्तै डायरिया, टाइफाइड, जन्डिसजस्ता औषधिको उत्पादन बढाउन राष्ट्रिय औषधि उत्पादकहरूलाई आग्रह गरेको छ ।