शुल्क घटाउँदै, नयाँ विद्यार्थीलाई स्वागत गर्दै अस्ट्रेलिया

शुल्क घटाउँदै, नयाँ विद्यार्थीलाई स्वागत गर्दै अस्ट्रेलिया

पर्थ । अस्ट्रेलियन सरकारले कोभिड १९ बाट असर परेको आफ्नो अर्थ व्यवस्था, देशको रोजगारी, पर्यटन, शिक्षालाई उकास्न र पुरानै स्थितिमा ल्याउनको  निम्ति धेरै रणनीतिहरु अपनाएर अघि बढन थालेको छ । यहि सेरोफेरोमा हालसालै  शैक्षिक क्षेत्रलाइ  मध्यनजर गर्दै विश्वविद्यालयमा लाग्ने शुल्कमा हेरफेर गरिने नीति अस्ट्रेलियन सरकार शिक्षा मन्त्रालयले ल्याएको छ  । 

यो नीति अन्तर्गत अस्ट्रेलियाले आफ्नो देशमा दक्ष जनशक्ति उत्पादनलई प्राथमिकतामा राख्दै इन्जिनियरिङ, आइटी, चिकित्सक, कृषि, नर्सिङ्ग  र गणित जस्ता विषयको शुल्कमा भारि मात्राले घटाउन लागेको छ भने आर्ट्स र ह्युमानीटीज जस्ता विषयको शुल्क बढ्न सक्ने जानकारी दिएको छ । 

अर्को वर्षदेखि लागू हुने बताइएको यस नयाँ नीतिले विज्ञान र इन्जिनियरिङ विषयहरूको शुल्कमा २० प्रतिशतले र नर्सिङ र शिक्षा लगायातका विषयमा भने ४६ प्रतिशत सम्मको कमी आउने देखिन्छ । सबभन्दा शुल्क भने गणित तथा कृषिको विषय घट्नेछ। अहिले भर्ना भइसकेका विद्यार्थीहरूले भने उनीहरू पढिरहेको विषयको शुल्क बढाइएको खण्डमा थप रकम तिर्नु नपर्ने सुविधा भने रहन्छ।

कोभीड १९ का कारणले बिदेशी विद्यार्थीहरूकै भरमा परेका अस्ट्रेलियाका धेरै विश्वविद्यालय अहिले आर्थिक रूपले निकै जटिल स्थितिमा गुज्रिरहेका बेला अस्ट्रेलियाको शिक्षा मन्त्रालयले नयाँ शिक्षा नीति ल्याउन लागेको छ भने अन्तरस्ट्रिय विद्यार्थीहरुले यसको लाभ उठाउन सक्छन ।   

उत्सब थपलिया, अस्ट्रेलिया