सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ : आईबार सुनको भाउ प्रति तोला ५ सय रुपैयाले घटेको छ । हिजो शनिबार ७१ हजार ७ सय रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ घटेर प्रति तोला ७० हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको भाउ ५ सय रपैयाले घटेको हो । यस्तै आज चाँदी तोलामा १० रुपैयाले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।