सेती प्रादेशिक अस्पतालको परीक्षणमा ५ महिनाकी शिशुसहित थप ४९ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको परीक्षणमा ५ महिनाकी शिशुसहित थप ४९ जनामा कोरोना पुष्टि

काठमाडौं । सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालले सामाजिक सञ्जाल फेशबुकमा पछिल्लो अपडेट सार्वजनिक गर्दै थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी गराएको हो ।

नयाँ थपिएका संक्रमितहरुमध्ये ५ महिनाकी शिशु सहित १७ जना महिला र ३२ जना पुरुष छन् । उनीहरु मध्ये कैलालीको गोदावरीका मात्र ४४ जना रहेका छन् । यस्तै कैलाली जिल्लाकै अर्का दुई जना पनि संक्रमित भएका छन् ।

यस्तै अन्य बाजुराका एकजना, कंचनपुरका एकजना र बझाङका एकजना छन् ।