एक सातामा ४५ हजार मानिस उपत्यका भित्रिए, कोरोनाको जोखिम बढेको विज्ञहरुको चेतावनी

एक सातामा ४५ हजार मानिस उपत्यका भित्रिए, कोरोनाको जोखिम बढेको विज्ञहरुको चेतावनी

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै काठमाडौं उपत्यका भित्रिनेको लर्को लागेको छ । दैनिक तीन हजारभन्दा बढी सवारीसाधन भित्रिने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर खुकुलो बनाएसँगै एक सातमा ४५ हजार मानिस काठमाडौँ प्रवेश गरेका छन् । यो अवधिमा २१ हजार सवारीसाधन काठमाडौँ भित्रिएको प्रहरीको भनाइ छ ।

असार १ देखि ७ गतेसम्म २१ हजार आठ सय सवारीसाधन भित्रिएको महाशाखाले जनाएको छ । असार ६ गते मात्रै ३७ सय ७५ वटा सवारीसाधन काठमाडौँ भित्रिएका थिए। ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो अत्यावश्यक सामग्री बोकेका सवारीसाधन काठमाडौँ प्रवेश गर्ने भए पनि  पास लिएर आउने संख्या पनि झन्डै हजारको हाराहारीमा रहेको बताइन्छ ।

लकडाउन खुकुलो हुँदै गएपछि आफ्नो गृह जिल्ला गएकाहरू अहिले काठमाडौँ उपत्यकाभित्र फर्किन थालेका हुन् । काठमाडौं फर्किनेमा धेरैजसो कोरोना संक्रमण फैलिएका जिल्लाबाट आउने मानिस छन् । जस्कारण उपत्यकामा कोरोनाको जोखिम बढेको विज्ञहरुको दाबी छ ।