चितवनमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चितवनमा गरिको पीसीआर परीक्षणमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

संक्रमण पुष्टि भएकाहरुमा गैंडाकोट नगरपालिका –१७ का २८ र ३५ वर्षीय दुई जना पुरुष रहेका छन्। त्यस्तै बुलिङटार गाउँपालिका वडा नं ३, ४, ५ र ६ का ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१, २१, २४, २४ का १४ जना पुरुष रहेका छन्।  

यसै प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ती मध्ये माडीका चार पुरुष र भरतपुर महानगरका एक जना पुरुष रहेका छन् । यसअघि आज विहानै पोखरामा गरिएको परीक्षणमा नवलपुरका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

नवलपुरमा आज मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आइतबार भरतपुर अस्पतालबाट ३३, नवलपुरबाट ७३, चितवन मेडिकल कलेजबाट १३, पुरानो मेडिकल कलेजबाट २०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट २३, भरतपुर महानगरपालिकाबाट ४२, नारायणी सामुदायिक अस्पतालबाट ३, माडी नगरपालिकाबाट १३, सेन्ट्रल अस्पतालबाट ४, इच्छाकामना गाउँपालिकाबाट १, राप्ती नगरपालिकाबाट १९ र खैरहनी नगरपालिकाबाट ५ वटा गरी २४९ वटा नमुना परीक्षण गरिएको थियो ।