देशभर ५३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

देशभर ५३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३८ प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । जसमा दुई महिला प्रहरी र ३६ पुरुष छन् । 

हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा १० सप्तरीमा ३, सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सर्लाहीमा २, रौतहटमा ४, महोत्तरीमा २, जुम्लामा २, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, बाजुरामा १, काठमाडौंमा ४ र भक्तपुरमा १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १८ जिल्लाका प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

विभिन्‍न जिल्लामा ५९ प्रहरी क्‍वारेनटिनमा छन् । जसमध्ये डोल्पामा ६, हुम्लामा ४, सुर्खेतमा १, मोरङमा १, सिन्धुपाल्चोकमा ३, रामेछापमा ८, रौतहटमा १०, तेह्थुममा ५, मनाङमा ५, प्यूठानमा १, गुल्मीमा २, कास्कीमा एकजना क्वारेनटिनमा छन् । यस्तै बर्दियामा ३, मकवानपुरमा २, कञ्चनपुरमा ३, अछाममा १, डोटीमा १, काठमाडौंमा १ र ललितपुरमा १ जना प्रहरी क्‍वारेनटिनमा छन् ।

कोरोना रोकथाममा अग्रपङ्तिमा खटिएका प्रहरीलाई उचित माक्स, स्यानिटाइजर लगायत कोरोना रोकथामका सामग्री उपलब्ध गराउन स्वास्थ्य विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।