काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४२१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३५७ जना पुरुष र ६४ जना महिला गरी ४२१ जना नयाँ संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जस्मध्ये पुरुष ८ हजार २०६ जना र महिला ८२० जना रहेका छन् ।
कुन जिल्लामा कति थपिए ?
डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष, उदयपुरका एक महिला र ४ जना पुरुष, मोरङका एकजना महिला र एकजना पुरुष, सुनसरीको एकजना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीषणमा धनुषाका एकजना महिला र ७ जना पुरुष, महोत्तरीका २ जना पुरुष र सप्तरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीषणमा बाराका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ जना महिला र १० जना पुरुष, डडेल्धुराका ३ महिला र ११ जना पुरुष, डोटीका २ महिला र १४ जना पुरुष, गुल्मीका एक महिला र ४ जना पुरुष, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुष, नवलपरासी पश्चिमका ५ महिला र १६ जना पुरुष र नुवाकोटका एक पुरुष, प्युठानका २ महिला र १८ पुरुष, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ४ जना पुरुष, सिराहाका ४ महिला र ४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरकी एक महिला र पाल्पाका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष,कास्कीका एकजना पुरुष, स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका एकजना पुरुष, म्याग्दीका २ महिला र २ जना पुरुष, नवलपरासी पुर्वका २ पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका एक महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र ८ जना पुरुष, गुल्मीका एक महिला र एक पुरुष, कपिलवस्तुका १३ जना पुरुष, नवलपरासी पश्चिमका एक पुरुष, पाल्पाका एक महिला र एक पुरुष र रुपन्देहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक पुरुष, बर्दियाका ३ जना पुरुष, रोल्पाका एकजना महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० जना पुरुष र रोल्पाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलखका एक महिला, सल्यानका ६ जना पुरुष र सुर्खेतका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बैतडीका एकजना पुरुष र एक महिला, बझाङका २ जना पुरुष, डडेल्धुराका ४ जना महिला र २३ जना पुरुष, डोटीका ४ महिला र ७ पुरुष, कैलालीका २ महिला र २२ पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आइतबार १९४ जना उपचारपछि निको भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । संक्रमितमध्ये २३ जनाको निधन भैसकेको छ ।