सकियो सूर्यग्रहण

सकियो सूर्यग्रहण

काठमाडौं । बिहान १०ः५० बजेबाट सुरु भएको सूर्यग्रहण अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त भएको छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिएको थियो ।  

आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालमा भने आधा ढाकेको थियो । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिएको थियो ।

आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देखिएको थियो ।  

ग्रहण सम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका वेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ ।