चीन र भारतबीचको विवादमा नेपालको वक्तव्य, शान्तिपूर्ण रुपमा विवाद समाधान गर्न जोड

चीन र भारतबीचको विवादमा नेपालको वक्तव्य, शान्तिपूर्ण रुपमा विवाद समाधान गर्न जोड

काठमाडौं । चीन र भारतबीच भइरहेको सीमा क्षेत्रको तनाव वार्ताका माध्यमबाट समाधान हुने नेपालले विश्वास व्यक्त गरेको छ । शान्तिपूर्ण रुपमा विवाद समाधान गर्नुपर्ने नेपालले जनाएको छ ।

गालवन क्षेत्रमा भएको हिंसात्मक झडपपछि नेपालले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा विवाद समाधान गर्न भारतले दुबै देशलाई आग्रह पनि गरेको छ।

क्षेत्रीय तथा विश्व शान्तिका लागि दुबै देशले शान्तिपूर्ण रुपमा विवाद समाधान गर्नुपर्ने पक्षमा नेपाल रहेको विज्ञप्तिमा जनाइएको छ।

गालवान क्षेत्रमा केही दिनअघि भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। केही अझै हराइरहेका छन्। चिनियाँतर्फको क्षतिबारे अझै स्पष्ट जानकारी आएको छैन।