थपिए ३३१ संक्रमित, संक्रमितको संख्या ८ हजार ६ सय नाघ्यो

थपिए ३३१ संक्रमित, संक्रमितको संख्या ८ हजार ६ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका बिभिन्न स्वस्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३३१ जना संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितमध्ये २८२ जना पुरुष रहेका छन् भने ४९ जना महिला रहेका छन् । 

यससँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।  जसमध्ये परुष ७ हजार ८४९ जना र महिला ७५६ जना रहेका छन् । 

आज १७६ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा उपचारपछि निको हुने संक्रमितको संख्या १ हजार ५ सय ७८ पुगेको छ । २३ जनाको निधन भैसकेको छ ।