गुल्मीमा मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो

गुल्मीमा मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो

काठमाडौं । होम क्वारेन्टिनमा मृत्यृ भएका गुल्मीका ६९ वर्षे पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छत्रकोट–५ मैनडाँडाका उनको बिहीबार राति बिहान ज्यान गएको थियो । उपचार गर्न भारत गएका उनी जेठ २५ गते घर फर्किएका थिए । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मृत्यु भएका ६९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि गर्दै उनको शव व्यवस्थापनमा खटिने र नजिक हुने स्थानीयको कन्ट्याक ट्रेसिङ शुरू गर्ने बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो। पहिले देखिनै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।

परिवारको सहमति अनुसार शबलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै ब्यबस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । गुल्मीमा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने २३ पुगेको छ ।