आज मिति २०७७ साल असार ६ गते शनिबार, तपाईंकाे भाग्यफल कस्ताे छ ? (हेर्नुस् राशिफल)

आज मिति २०७७ साल असार ६ गते शनिबार, तपाईंकाे भाग्यफल कस्ताे छ ? (हेर्नुस् राशिफल)

वि.सं.२०७७ असार -६, शनिवार, ई.सं. २०२० जून – २०, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण, ग्रीष्म, आषाढ कृष्णपक्ष  तिथि-चतुर्दशी , ११:३२ बजे उप्रान्त औंसी,नक्षत्र-रोहिणी , १२:२० बजे उप्रान्त मृगशिरा,योग-शूल , १५:२२ बजे उप्रान्त गण्ड, करण-शकुनि ११:३२ बजेदेखि चतुष्पद , २३:४८ बजे उप्रान्त वव,चन्द्रराशि-वृष,आनन्दादि योग-श्रीवत्स,सूर्योदय-५:१०,सूर्यास्त-१९:०१ दिनमान-३४ घडी ३६ पला,  व्रत/पर्व-सर्वार्थसिद्धि योग १२:२० बजेसम्म,दर्शश्राद्ध, निशि बार्ने औंसी, सायन सूर्य कर्कट राशिमा २६:३४ बजे प्रवेश।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – भौतिक रुपमा सफल भइनेछ,रमाइलो जमघटमा सहभागी भइनेछ,सहयात्रीले साथ छोड्ने छन्,दैनिकी कार्य सहज हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – घमण्ड त्याग गर्नु होला,अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ, आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,कामको लगावले मनग्गे धन आर्जन हुनेछ, सामान्य चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,पुरानो गतिले पनि काम बिग्रन सक्छ,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – आफूभन्दा ठुला मान्ने गुन्ने कुरा सुनाले धेरै काम बन्नेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,संकल्प गरेको काम सफल हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,आफन्त संग चनाखो रहनु होला,बेसुरमा काम गर्दा दु:ख पाइनेछ,मुद्दा मामिला परिनेछ, आजको शुभ अंक ३ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – चुनौतीभित्र अवसर खोज्ने समय छ,विविध कार्यमा अवरोध आउनेछ,कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,आफ्नै विवेकले काम गर्नु होला,खानपिनमा विचार पुराउनु होला, रिस लाइ काबूमा राख्नु होला, आजको शुभ अंक ५ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– गरि रहेको काममा विरोध आउन सक्छ,प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,लेनदेन आदिमा सफल भइनेछ,विवीध काममा अवरोध आउनेछ, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– बोलीमा विचार पुराउनु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,समयले साथ दिनेछ, बोलीमा सुधार गर्नु होला,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सत्यको बोध नहुदा धोका पाइनेछ,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आजको शुभ अंक ९ रहेको छ । दिब्यज्योतिष बाट