एक खर्ब ८५ अर्बको वैदेशिक लगानी स्वीकृत, पाँच जलविद्युत र दुई सिमेन्ट उद्योगमा लगानी हुने

एक खर्ब ८५ अर्बको वैदेशिक लगानी स्वीकृत, पाँच जलविद्युत र दुई सिमेन्ट उद्योगमा लगानी हुने

काठमाडौँ । लगानी बोर्डले १८५ अर्ब ४३ करोडको वैदेशिक लगानी स्वीकृत गरेको छ । पाँच जलविद्युत र दुई सिमेन्ट उद्योगमा लगानी गर्नेगरी उक्त लगानी स्वीकृत भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले लगानी स्वीकृत गरेको हो । जस अनुसार अपर मस्र्याङ्दी हाइड्रोपावर २ का लागि ७८ अर्ब ६५ करोड, आँखु खोला हाइड्रोपावर परियोजनाका लागि ६ अर्ब ३० करोड, म्याग्दी खोला हाइड्रोपावरमा १० अर्ब ३१ करोड, इसुवा खोला हाइड्रोपावरमा १३ अर्ब ५७ करोड, कालीगण्डकी हाइड्रोपावरमा २८ अर्ब ६ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो।

दाङ सिमेन्ट इन्डष्ट्रिजको ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डष्ट्रिजको १५ अर्ब ५ करोड रुपैयाँ लगानी पनि स्वीकृत भएको छ ।