शुक्रबार भेटिएका ४२६ संक्रमितमध्ये कुन जिल्लाका कति ?

शुक्रबार भेटिएका ४२६ संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं । शुक्रबार नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ २ जना र झापामा १ जना कोरोना संक्रमित भएको पाइएका छन्। जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका ११ जना र सप्तरीका ४ जना संक्रमित पाइएका छन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३ जना, बझाङका ३ जना, बाजुराका ८ जना, डडेल्धुराका ९ जना, र धादिङका एक जनासमेत कोरोना संक्रमित पाइएका छन्। 

यस्तै, डोटीका १५ जना, गोरखाका ११ जना, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका २ जना र काठमाडौंका ३ जनामा समेत कोरोना संक्रमण पाइएको छ। यस्तै मकवानपुरका २ जना, मोरङका १ जना, म्याग्दीका १ जना, नवलपरासी पूर्वका २ जना, सिन्धुपाल्चोकका २१ जना, तनहुँका १९ जना, पर्वतका ५ जना, उदयपुरका २ जना, सिन्धुलीका १ जना र चितवनका १ जनामा समेत कोरोना भाइरसको संक्रमण पाइएको छ।

यस्तै, हेटौंडास्थित प्रयोगशालामा मकवानपुरका ६ जना, त्रिवि शिक्षण अस्तपाल प्रयोगशालामा बैतडीका ५ जना, पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा स्याङ्जाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, स्याङ्जाकै १ जना र बागलुङका ९ जनामा समेत कोरोना संक्रमण पाइएको छ। 

यस्तै पोखराकै प्रादेशिक क्षयरोग प्रयोगशालामा बागलुङका ६ जना र स्याङ्जाका १ जना समेत कोरोना संक्रमित पाइएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना रुपन्देहीका २ जनामा कोरोना संक्रमण पाइएको छ। 

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा अछामका १ जना, कैलालीका ३ जना र कञ्चनपुरका २० जनामा समेत कोरोना संक्रमण पाइएको छ। शुक्रबार ८८ जना महिला हुन् भने ३ सय ३८ जना पुरुष संक्रमित पुष्टि भएका हुन्।  

शुक्रबार थपिएकासहित नेपालमा संक्रमितको संख्या ८२७४ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।