कतारबाट २० नेपालीको शव नेपाल ल्याइयो

कतारबाट २० नेपालीको शव नेपाल ल्याइयो

काठमाडाैं । लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट कतारमा अड्किएका २० शव नेपाल ल्याइएको छ । चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव आएका हुन्। कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ। 

बोर्डका अनुसार विदेशबाट आएका शवको पहिचान र नेपालभित्रै पठाउनु पर्ने जिल्लाको सबै विवरण आउन केही समय लाग्ने छ । अहिले अनुमानित विवरण आएको र शवको विस्तृत पहिचान र एकिन संख्या आउन केही समय लाग्ने बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

नेपाल आइपुगेका शवलाई सम्बन्धित जिल्लामा पुर्‍याउनका लागि सरकारले गाडीको व्यवस्था गरेको छ । शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्‍याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गरिरहेको छ ।