संक्रमितको उपचारमा खटिएका पाँच स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

संक्रमितको उपचारमा खटिएका पाँच स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा पाँच स्वास्थ्यकर्मीसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज विहान दोस्रो पटक संक्रमितको विवरण सार्वजनिक गर्दै गण्डकी प्रदेश निर्देशनालयले थप ३२ जना थपिएको जनाएको हो। यसअघि आज विहानै २४ जना थपिएको निर्देशनालका प्रवक्ता डाक्टर विनोद बिन्दू शर्माले जनाएका थिए। पछिल्लो पटक थएिकामा बाग्लुङका १० जना तनहुँका १७ जना र पर्वतका पाँच जना रहेका छन्। 

पर्वत अस्पतालमा संक्रमितको उपचारमा खटिएका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए । संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी छन् ।

अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा देवकोटाले जानकारी दिए । अस्पतालमा १२ जना चिकित्सक कार्यरत छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ।