काठमाडौं उपत्यकामा थपिए ६ संक्रमित, कहाँ छन् उपत्यकाका ५० संक्रमित ?

काठमाडौं उपत्यकामा थपिए ६ संक्रमित, कहाँ छन् उपत्यकाका ५० संक्रमित ?

काठमाडौं । नेपालमाकोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ ।  पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियो । नयाँ संक्रमितमध्ये ५९१ जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । जसमध्ये ७ हजार २ सय २९ जना पुरुष रहेका छन् भने ६१९ जना महिला रहेका छन् ।  यसअघि बुधबार एकैदिन ५८७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । 

संक्रमितमध्ये २२ जनाको निधन भएको छ भने १ हजार १८६ जना उपचारपछि निको भएका छन् । 

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै उपत्यकामा संक्रमित संख्या ५० पुगेको छ ।  काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।