थपिए ६७१ संक्रमित,  कुल संख्या ७८४८ पुग्यो ,  कुन जिल्लामा कति थपिए ?

थपिए ६७१ संक्रमित,  कुल संख्या ७८४८  पुग्यो ,  कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दियो । नयाँ संक्रमितमध्ये ५९१ जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । जसमध्ये ७ हजार २ सय २९ जना पुरुष रहेका छन् भने ६१९ जना महिला रहेका छन् ।  यसअघि बुधबार एकैदिन ५८७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । 

संक्रमितमध्ये २२ जनाको निधन भएको छ भने १ हजार १८६ जना उपचारपछि निको भएका छन् । 

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

कहाँ कति संक्रमित ?

प्रदेश १ को प्रादेशिक प्रयोगशाला विराटनगर- झापा २ जना, मोरङका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा- अछामका ४२ जना, बैतडीका २५ जना, बाजुराका ४१ जना, भक्तपुर ३ जना, डडेल्धुराका ८४ जना, कैलालीका २१ जना, कपिलवस्तुका १६ जना, काठमाडौंका २ जना, नुवाकोटका २ जना, रौतहटका ३४ जना, रुपदेहीका ३ जना, सर्लाहीका २ जना, सिन्धुपाल्चोक १ जना, ललितपुर १ जना, नवलपरासीका १ जना र महोत्तरीका १ जना

शुक्रराज अस्पताल प्रयोगशाला- सिन्धुलीका १ जना

भरतपुर अस्पताल प्रयोगशाला- पर्वत ५ जना, चितवनका १ जना, नवलपरासी पूर्वका १ जना,

धुलिखेल अस्पताल प्रयोगशाला- धनुषा २९ जना, बाग्लुङ १ जना, मनाङ १ जना, नवलपरासी पूर्व ३० जना, स्याङजाका ९  जना, पर्वतका ४ जना, तनहुँका १५ जना, गोरखाका ११ जना

प्रादेशिक प्रयोगशाला रुपन्देही- अर्घाखाँचीका ९७ जना, गुल्मीका ३ गुल्मी, कपिलवस्तु १ जना, पाल्पा ६ जना, रुपन्देही ९ जना, रोल्पा १ जना र नवलपरासी १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज- बाँकेका ३ जना, बर्दियाका ३ जना, दैलेखका १ जना र कैलालीका १ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला- दाङका ४ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला- दैलेखका ८६ जना, सुर्खेतका ३४ जना

सेती अस्पताल प्रयोगशाला- अछामका २ जना, बझाङ २ जना, कन्चपुरका २ जना, कैलाली २० जना, डोटी ५ जना