प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा.दिब्या सिंह शाह आईओएमको डिनमा नियुक्त

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा.दिब्या सिंह शाह आईओएमको डिनमा नियुक्त

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी प्रा. डा. दिब्या सिंह शााह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा नियुक्त भएकी छन् । 

सर्च कमिटीले मंगलबार  प्रा.डा शाहसँगै  प्रा.डा. प्रदीप वैद्य, र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको तीन जनाको नाम सिफारिस गरेको थियो । 

जसमा त्रिवि कार्यकारी परिषदको बुधबार बसेको बैठकले प्रा. डा. सिंहलाई डिनमा नियुक्ति गरेको हो । 

सिंह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख समेत पनि हुन् ।

गत जेष्ठ २१ गते आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण  अवकाश पाएका थिए । त्यसयता उक्त पद रिक्त थियाे  ।