आज भेटिए अहिलेसम्मकै धेरै संक्रमित, कुन जिल्लामा कति ?

आज भेटिए अहिलेसम्मकै धेरै संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौ‌ं । नेपालमा पनि कोरोनाले महामारीको रुप लिने संकेत देखिएको छ । पछिल्लो २४ घण्टामा  थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको बुधबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वोर गौतमले जानकारी दिए । नयाँ संक्रमित भएका मध्ये ५४६ जना पुरुष र ४०जना महिला रहेका छन्।  

हालसम्म संक्रमित भएका मध्ये ६६३८ जना पुरुष र ५३९ जना महिला रहेका छन्।  हालसम्म कोरोना ७३ जिल्लामा  फैलिसकेको छ । विगत २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् हालसम्म डिस्चार्ज हुनेको संख्या हालसम्म ११६७ पुगेको छ । जसमा महिला ११२ र पुरुष १०५५ डिस्चार्ज भएका छन् । यस्तै हालसम्म २० जना संक्रमितको मृत्यु समेत भएको छ ।विगत २४ घण्टामा बाँके वैजनाथपुरकी एक महिलाको मृत्यु समेत भएको हो।

विगत २४ घण्टामा फेला परेका सक्रंमितहरुमा, महोत्तरिका २०० जना, रौतहटका १२७ जना, सल्यानका २७, धनुषाका २६ जना, गुल्मीका २६, कपिलवस्तुका १९ जना, प्युठानका १८ जना, नवलपरासी पूर्वका १७ जना, मोरङ्गका ९ जना, कञ्चनपुरका ७ जना, बाराका ७ जना, सर्लाहीका ६, उदयपुरका ४ जना, रुपेन्देहीका ३, अर्घाखाँचीका ३ जना, पर्वतका ३ जना, झापाका २ जना, कैलालीका १ जना र सिराहाका १ जना रहेका छन् ।