अतिक्रमित भूमि निरीक्षणमा निस्किए प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनाल

अतिक्रमित भूमि निरीक्षणमा निस्किए प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनाल

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्रको अतिक्रमित भूमि निरिक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको आउट पोस्ट (बीओपी) निरीक्षण गर्न प्रधानसेनापति थापा र आईजीपी खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फ उनीहरु दुवै जना त्यसतर्फ प्रस्थान गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनीहरुले दार्चुलाको छाङरुमा स्थापना भएको सशस्त्रको बीओपी र घाँटीबगरमा स्थापना भएको सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गर्नेछन् ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सेनाको अस्थायी बेस र सशस्त्रको बीओपी त्यस क्षेत्रमा स्थापना गरिएको थियो ।