नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २० पुग्याे

नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २० पुग्याे

काठमाडौं । नेपालमा थप एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

 बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

 याेसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेकाे संख्या २० पुगेकाे छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।

यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।