दुई सातायता काेराेना संक्रमित झन् बढे, हरेक दिन १ लाखका दरले संक्रमित थपिँदै, विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

दुई सातायता काेराेना संक्रमित झन् बढे, हरेक दिन १ लाखका दरले संक्रमित थपिँदै, विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्ला दुई सातायता विश्वमा हरेक दिन १ लाखका दरले कोरोना संक्रमित थपिइरहेको बताएको छ।

जेनेभामा आयोजित नियमित प्रेस ब्रिफिङमा डब्ल्यूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले २ सातायता कोरोना संक्रमण झनझन् बढ्दै गएको बताएका हुन्।

‘हरेक दिन १ लाख नयाँ केस थपिएको रिपोर्टिङ हामीलाई प्राप्त भइरहेको छ, जसमा ७५ प्रतिशत हिस्सा १० देशको मात्रै छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसमा पनि विशेषगरी अमेरिका र दक्षिण एसियाका छन्।’