संक्रमण हरेक दिन बढ्दै, सरकारकाे कार्ययोजना कार्यान्वयन पक्ष नै फितलो

संक्रमण हरेक दिन बढ्दै, सरकारकाे कार्ययोजना कार्यान्वयन पक्ष नै फितलो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।

पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना बनाइएको थियो । संक्रमितको संख्यालाई आधार मान्दा अहिले तेस्रो चरणको कार्ययोजना लागु हुनुपर्ने हो ।

– ट्रेसिङ, ट्र्याकिङ र टेस्टिङ अझै सुस्त
– निजी अस्पताल अझै उपयोगमा ल्याइएन
– जिन सिक्वेन्सिङ खोइ ?
– क्वारेन्टिन संक्रमणको स्रोत बन्दै
– खर्च मितव्ययी नहुँदा प्रश्नै प्रश्न
– संक्रमित दिन प्रतिदिन थपिँदा जोखिम झन् बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाका अनुसार ५ हजारदेखि १० हजार जनासम्म संक्रमित पुगेमा सबै निजी अस्पताललाई क्षमताका आधारमा उपयोगमा ल्याइने भनिएको छ । तर, कार्यान्वयन अझै हुन सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।