इक्यानको आग्रहमा एनओसी जारी गर्न शिक्षा मन्त्रालय सकारात्मक

इक्यानको आग्रहमा एनओसी जारी गर्न शिक्षा मन्त्रालय सकारात्मक

काठमाडौं । कोरोना भाइरस (कोभिट १९)को प्रभाव कम भएका देशहरुमा अध्ययन गर्न अनुमति पत्र (NOC) जारी गर्न शिक्षा , बिज्ञान तथा प्रविधि मन्त्रालय सकारात्मक भएको छ । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले शिक्षा मन्त्रालयका सम्बन्धित शाखाहरुसँग लकडाउनकै समय पनि निरन्तर छलफल चलिरहेको र लकडाउन खुकुलो भएलगत्तै मन्त्रालय एनओसी जारी गर्न सकारात्मक रहेको बताएका छन्।

आजमात्र एक अनलाईन अन्तरवार्ताका क्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे एनओसी जारी गर्नुपर्ने आवश्यकता औल्याएका थिए र सोहि अन्तरवार्तामा शिक्षा मन्त्रालय अन्तर्गत उच्चशिक्षा महाशाखा प्रमुख राम शरण सापकोटाले वार्तालापको क्रममा कोरोना प्रभाव कम भएका देशहरुमा एनओसी जारी गर्न पहल शुरु गर्ने महाशाखा प्रमुख सापकोटाले बताए । 

महाशाखा प्रमुख सापकोटाले इक्यानको सुझाव सकारात्मक भएको भन्दै छिट्टै मन्त्रालयले यस विषयमा निर्णय लिने जानकारी दिएका थिए । 

पहिलो चरणमा कोरोना प्रभाव कम भएका देशहरु न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, साउथ कोरिया र स्वीजरल्याण्डलगायतका देशहरुमा एनओसी जारी गर्ने र चरणबद्ध रुपमा कोरोना प्रभाव कम भएका अन्य देशहरुमा पनि क्रमश जारी गर्ने विषयमा मन्त्रालय सहमत भएको हो । मन्त्रालयले लकडाउन जारी भएदेखि एनओसी जारी गर्न बन्द गरेको थियो ।

इक्यान अध्यक्ष प्रकाश पाण्डेले सोही अन्तरवार्तामा कोरोना भाइरस (कोभिट १९)को प्रभावबाट प्रताडित शैक्षिक परामर्शलाई जोगाउन शिक्षा मंत्रालयको अंह भुमिका हुनुपर्ने र परामर्श क्षेत्रलाई कोरोना अति प्रभावित क्षेत्रको रुपमा बर्गीकरण गरी सहुलियत ऋण उपलब्ध गराउनुपर्ने बताए।