इयरफोनबाट कानलाई कसरी जोगाउने ?

इयरफोनबाट कानलाई कसरी जोगाउने ?

काठमाडौं । बन्दाबन्दीको समय छ, घरमा बस्दा स्मार्टफोन त निकै चलाउनुहुन्छ होला । स्मार्टफोन चलाएपछि, हेडफोन या इयरफोन पनि अनिवार्य हुने नै भयो । तर के तपाइलाई थाहा छ, धेरै इयरफोनको प्रयोगले तपाईँको श्रवणशक्तिमा ह्रास आउन सक्छ भन्ने ?

हामीलाई थाहै नभएर, हाम्रो सुन्ने क्षमतामा इयरफोनका कारण कमी आइरहेको हुन्छ । उदाहरणका लागि, तपाईँले कहिल्यै याद गर्नुभएको छ, सुरुमा हाम्रो कानलाई ठिक्क भएको आवाज बिस्तारै कम भएको आभाष हुन्छ र हामी भोलुम बढाउन थाल्छौं ?

त्यो भनेको, उक्त आवाज सुन्ने हाम्रो कानको क्षमता कमजोर भएको हो । आवाज पहिले जत्तिको थियो, त्यतिनै हुन्छ तर हामी कम सुन्न थाल्छौं ।
यदि तपाई कम कान सुन्ने मान्छेसँग कुरा गरिरहनुभएको छ भने, उ ठुलो स्वरले बोल्छ, किनभने हामी उताबाट आएको आवाजलाई टक्कर दिने हिसावले यताबाट बोल्छौं तर हामीलाई थाहै हुँदैन ।

त्यसैगरी यहाँ पनि आवाज कम सुन्न थालेको पत्तो हुँदैन । यसको मतलव यो हैन कि, दैनिक जीवनमा घट्ने घटना जस्तो कि, कुकरको सिट्टी, कुकुर भुकेको आवाज लगायतले पनि हाम्रो श्रवण शक्तिमा कमी आउँछ । यि सामान्य कुरा हुन् र यसले हाम्रो सुन्ने क्षमतालाई केहि असर गर्दैन ।

दैनिक जीवनमा गाडीबाट निस्कने हर्न निरन्तर सुनिरहँदा भने हाम्रो सुन्ने क्षमतामा कमी आउँछ । बैज्ञानिकले प्रमाणित गरे अनुसार, हर्नमा ८५ डेसिवल भन्दा धेरै न्वाइज हुन्छ । यसलाई उनीहरुको भाषामा एनएएचएल् अर्थात न्वाइज इन्ड्युज हेयरीङ लस भन्ने रहेछ ।

यस्ता समस्याबाट बाँच्नु पनि छ र राम्रो आवाजमा गीत पनि सुन्नु छ भने तपाईँ निम्न उपाय अपनाउन सक्नुहुन्छ ।

राम्रो गुणस्तरको इयरफोन रोज्नुस्

सजिलोका लागि हामी बाटोमा पाइने सस्तो इयरफोनको प्रयोग गछौं । अझ कतिपयले त कानमा अवाज आउँछ या आउँदैन पनि परिक्षण नगरीकनै इयरफोन किन्नेगर्छन् । यो बिलकुलै गलत हो । हरेक स्मार्ट फोन या अन्य टेक्निोलोजीका लागि त्यसै अनुसारको सामानको जरुरत पर्छ । त्यसैले इयरफोन किन्दा पनि हामीले विशेष ध्यान दिन जरुरी छ ।

आवाजको गुणस्तरमा पनि ध्यान दिनुस्

कतिपय अवस्थामा हामीले सुनिरहेका अडियो पनि गुणस्तरिय हुँदैन । जसले गर्दा हामी मोवाइलको भोलुम बढाउँछौंं अनि उनीहरुले दिएको मापदण्डलाई उछिनेर भोलुम बढाउँछौं पनि । यसरी आवाज बढाउँदैमा त्यसले गुणस्तरिय अडियो फाल्दैन, किनभने त्यसमा गुणस्तर नै छैन । अर्को कुरा, हरेक मानिसको स्वाद फरक फरक हुन्छ । कसैलाई वेश मनपर्छ, कसैलाई भोकल मनपर्छ, कसैलाई ट्रेवल मनपर्छ । त्यहि अनुसारको अडियो बनाउनुभयो भनेपनि मापदण्ड अनुसारको आवाज तपाईँको कानले सुन्न पाउँछ । यसलाई इक्वेलाइजरबाट पनि व्यवस्थापन गर्न सकिन्छ ।

इयरफोनको प्रयोग कम गर्नुस्

कानलाई जोगाउने  सबैभन्दा गतिलो उपाय भनेको यसको प्रयोग सकेसम्म कम गर्ने नै हो । वरपर कोहि नभएको समया किन कानमा इयरफोन लगाउने ? यसलाई लत नबनाउनुहोस् । कति मानिसलाई कानमा इयरफोन नलगाउँदा स्वाभाविक अनुभूति हुँदैन, उनिहरु यसको लतमा परिसकेका हुन्छन्, त्यस्तो कदापी हुन नदिनुस् ।