‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ

‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ

काठमाडाैं। माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए।

तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो।