प्रधानमन्त्रीद्वारा गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँग छलफल

काठमाडौं। मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू थिए। बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ। आफ्ना राजनीतिक माग जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्।”

उनले राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकारले संवादको ढोका खुला राखेको र सम्बद्ध पक्षहरूसँग वार्ता गर्ने बताएका छन्।