नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

भरतपुर अस्पतालको आईसीयूमा उपचारत कोरोना संक्रमित ६८ वर्षीय व्यक्तिको मृत्यु मंगलबार बिहान भएको हो। उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ मात्र उनलाई भरतपुर अस्पतालको आईसीयूमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ।