काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर लोडसेडिङ सूरु भएको छ ।
चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको सुरु गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।
यो वितरण केन्द्रबाट चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् वितरण गरिएको छ । महाराजगञ्ज वितरण केन्द्रका अनुसार, यी क्षेत्रमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द बताएको छ ।
चक्रपथक्षेत्रको सडक विस्तार कार्य अघि बढेको छ । यसका लागि सडक किनारामा रहेका रूखहरू काट्ने, विद्युतको पोल हटाउने लगायतका काम सम्बन्धित निकायसँग समन्वय गरेर भइरहेको छ ।